राष्ट्रिय स्तरका ११ विकास बैङ्क : कसको वित्तीय अवस्था कस्तो, कुनमा लगानी गर्दा राम्रो ?
काठमाडौँ । राष्ट्रिय स्तरका ११ विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा १० वटै बैङ्कको खुद नाफा बढेको छ । लुम्बिनी विकास बैङ्कको भने १६ प्रतिशतले नाफा घटेको छ । भर्खर मात्रै राष्ट्रिय वाणिज्य बैङ्कसँग मर्ज भएर एकीकृत कारोबार सुरु गरेको एनआईडीसी र मेगा बैङ्कसँग मर्जमा गएर वैशाख ३० गते एकीकृत कारोबार सुरु गर्न लागेको टुरिजम डेभलपमेन्ट बैङ्कलाई भने तथ्याङ्कमा समेटिएको छैन । हामीले राष्ट्रिय स्तरका ११ विकास बैङ्कले सार्वजनिक गरेका वित्तीय विवरणमा आधारित रहेर बैङ्कले कमाएको खुद नाफा, खुद ब्याज आम्दानी, प्रतिसेयर आम्दानी र चुक्ता पुँजी लगायत सूचकलाई देखाउन खोजेका छांै ।
कामना सेवाको सबैभन्दा बढी नाफा, लुम्बिनीको घट्यो
चालु आर्थिक वर्षको (२०७४/७५) ९ महिनामा सबैभन्दा बढी नाफा कमाउनेमा कामना सेवा विकास बैङ्क देखिएको छ । बैङ्कले ५७.७२ प्रतिशतले नाफा बढाएकोे हो । कामना सेवासहित १० वटा बैङ्कले नाफा बढाउँदा लुम्बिनी विकास बैङ्कले भने नाफा बढाउन सकेन । बैङ्कको नाफा १६.४२ प्रतिशतले घटेको छ ।
खुद मुनाफा
बैङ्कहरूले बढाउन सकेनन् प्रतिसेयर आम्दानी
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबै बैङ्कको प्रतिसेयर आम्दानी घटेको छ । सबैभन्दा बढी गण्डकी विकास बैङ्क र ओम डेभलपमेन्ट बैङ्कको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गण्डकीको प्रतिसेयर आम्दानी ११ रुपियाँ ९५ रुपियाँले घटेर १९.६९ रुपियाँमा झरेको छ भने ओम डेभलपमेन्ट बैङ्कको ११.९३ रुपियाँले घटेर १४.१२ रुपियाँमा आइपुगेको छ ।
बैङ्कको प्रतिसेयर आम्दानी
५ वटा विकास बैङ्कले पु¥याए चुक्ता पुँजी, अरूले सकेनन्
राष्ट्र बैङ्कले राष्ट्रिय स्तरको विकास बैङ्कका लागि तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० अर्ब रुपियाँ ५ वटा विकास बैङ्कले पु¥याएका छन् । चुक्ता पुँजी पु¥याउनेमा गरिमा विकास बैङ्क, ज्योति विकास बैङ्क, कैलाश विकास बैङ्क, ओम डेभलपमेन्ट बैङ्क र मुक्तिनाथ विकास बैङ्क रहेका छन् । बाँकी ६ वटा बैङ्कले पु¥याउन सकेका छैनन् ।
बैङ्कको चुक्ता पुँजी
कैलाश विकास बैङ्कबाहेक अन्य बैङ्कको ब्याज आम्दानी बढ्यो
चालु आर्थिक वर्षको ९ महिनामा १० वटा बैङ्कको खुद ब्याज आम्दानी बढ्दा कैलाश विकास बैङ्क बैङ्कले भने खुद ब्याज आम्दानी घटाएको छ । बैङ्कको खुद ब्याज आम्दानी ४ दशमलब ३६ प्रतिशतले घटेको हो । सबैभन्दा धेरै महालक्ष्मी विकास बैङ्क खुद ब्याज आम्दानी ५७ दशमलब ७५ प्रतिशतले बढेको छ ।
बैङ्कको खुद ब्याज आम्दानी