शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको राजीनामाबारे संसदमा एमाले र माओवादी सांसदको दोहोरी

आइतबार, २३ असार २०८१, १३ : ०२
आइतबार, २३ असार २०८१

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डको राजीनामाको विषयमा दोहोरी चलेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्त, लीलानाथ श्रेष्ठ लगायतले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएपछि माओवादी सांसद लेखनाथ दाहालले जवाफ फर्काएका छन् । 

एमाले सांसद पन्त, श्रेष्ठ लगायतपछि बोलेका माओवादी केन्द्रका सांसद दाहालले भ्रष्ट र अनैतिकहरूले नैतिकताको पाठ पढाउन आवश्यक नभएको बताउँदै प्रचण्ड संवैधानिक प्रक्रिया अनुसार अघि बढेको बताए । 

उनले भने–‘सरकारलाई समर्थन दिएको राजनीतिक दलले विश्वासको मत फिर्ता लिइसकेपछि सरकारले १ महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान छ । संवैधानिक प्रावधान अनुसार नै प्रधानमन्त्रीज्यूले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ । यसै सन्दर्भमा संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन खोज्नु अनैतिक हुनु हो ? कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । संवैधानिक व्यवस्था अनुसार नै सरकार अगाडि बढ्छ । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म यहाँहरूलाई पर्खिन पनि आग्रह गर्दछु । अनि कोही अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ पनि सिकाइराख्नु पर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप