शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

५० करोड खर्चेर मनकामना केबलकारको स्तरोन्नति, ५० दिन बन्द हुने

आइतबार, २३ असार २०८१, १२ : ५७
आइतबार, २३ असार २०८१

काठमाडौँ । स्तरोन्नतिका लागि मनकामना केबलकारको सञ्चालन बन्द गरिने भएको छ । स्तरोन्नति कार्यमा करिब ५० करोड रुपैयाँको लगानी हुने कम्पनीको भनाई छ ।

२६ वर्ष अगाडि जडित केबलकार क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनी डोपलमायरले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केबलकारको स्तरोन्नति गर्न लागिएको हो ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न कम्तीमा ५० दिन लाग्ने प्राविधिकहरूको अनुमान छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित  समयभन्दा चाँडो पनि हुन सक्ने वा लम्बिन सक्ने कम्पनीको भनाई छ ।

निर्देशक राजेश बाबु श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रविधि एनालगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डीसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम प्रविधि हो र यसलाई डोपलमायरको डी–कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी ब्ऋ करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम, प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेसन बिच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जसको लम्बाई करिब ३२ सय मिटरको हुनेछ ।

त्यस्तै मेन केवल तार लट्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करिब ६५०० मिटरको हुनेछ । केबलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रुपहरू, जसको माध्यमबाट गन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको श्रेष्ठको भनाई छ । 
केबलकार तल्लो स्टेसनमा रहेको रेस्टुरेन्ट बन्द अवधिभर यथावत् सञ्चालन भई सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप