संसदमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले भने–‘लोकतन्त्रको सौन्दर्य भनेको त्यसको एउटा नैतिक पक्ष हुन्छ, नैतिक कुराहरू संविधानमा लेखिएको हुँदैन । अहिले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुहोस् ।’ संविधानले विश्वासको मत लिन पाउने अधिकार दिएको तर नैतिक पक्षले बहुतम गुमाइसकेपछि राजीनामा गर्नुपर्ने बताए ।
उनले भने–‘लोकतन्त्र संविधान र कानुन अनुसार मात्र चल्दैन । फेरी उहाँले त कानुन नै उल्लङ्घन गर्नुभएको छ । गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो । नेपालको ऐन अनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन । यसरी संविधानको उल्लङ्घन गर्नुभएको छ । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपति ज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’
यस्तै एमालेका अर्का सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेकोले छिटो भन्दा छिटो राजीनामा दिन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु