जम्मू कश्मीरमा ६ जना आतङ्कवादी र दुई सैनिकको मृत्यु

कुलगाम । जम्मू कश्मीरको कुलगाममा आइतबार लगातार दोस्रो दिन मुठभेड जारी छ । मुदरघम र चिन्निगम फ्रिसलमा अहिलेसम्म ६ जना आतङ्कवादी मारिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
यसमा दुई जना सुरक्षाकर्मी पनि मारिएका छन् । मुदरघममा अझै दुई जना र चिन्निगम फ्रिसलमा एक जना आतङ्कवादी लुकेको आशङ्का गरिएको छ ।
दुवै स्थानमा सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन् । मुदरघममा आइतबार बिहान दुई जना आतङ्कवादी मारिएका थिए । शनिबार त्यहाँ एक जना आतङ्कवादी र एक जना सुरक्षाकर्मी मारिएका थिए ।
उता कुलगामको चिन्निगम फ्रिसलमा शनिबार चार जना आतङ्कवादी मारिएका थिए भने एक जना जवान सहिद भएका थिए । यसैगरी, जम्मू कश्मीरको राजौरी जिल्लाको मंजाकोट क्षेत्रमा आतङ्कवादीहरूले आइतबार बिहान एक आर्मी क्याम्पमा हमला गरेका थिए । घटनामा एक जना सैनिक जवान घाइते भएका थिए ।
जवाफी कारबाहीपछि आतङ्कवादी जंगलतर्फ भागेका थिए । सेना र प्रहरीले सर्च अपरेसन सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने