शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सरकारले तोक्यो ५२ सङ्क्रामक रोग, कुन कुन हुन् ?

आइतबार, २३ असार २०८१, १२ : १३
आइतबार, २३ असार २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५२ वटा रोगलाई सङ्क्रामक रोग भनेर तोकेको छ । 

मन्त्रालयले ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ को दफा ४९ को उपदफा (१) बमोजिमका सङ्क्रामक रोग निर्धारण गरेको हो । सरकारले रेबिज, क्षयरोग, कोभिड, डेंगु लगायत विभिन्न रोगलाई सङ्क्रामक रोग भनेर निर्धारण गरेको हो । 

पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिडलाई सङ्क्रामक रोग भनेर राखिएको छ । 

 यस्तै, चौथोमा दादुरा र पाँचौँमा डेंगु रोगलाई राखिएको छ ।  यस्तै छैटौँमा जापनिज इन्सेफलाइटिस र सातौँमा हैजा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखिँदा त्यसपछि क्रमशः धनुष्टङ्कार, एच.आइ.भी÷एड्स, एन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्याग्दे ज्वारो, कालाजार, रोटाभाइरस, रुबेलालाई पनि समावेश गरिएको छ । 

 यस्तै, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निकोकल निमोनिया, कमलपित्त, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकीसमेत सङ्क्रामक रोग अन्तर्गत परेका छन् । 

यस्तै, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीजलाई सङ्क्रामक रोग भनेर सरकारले तोकेको छ । 

यस्तै, सार्स, कमलपित्त ए, प्लेग, लिजियोनेलोसि, इनोकोकोसिस÷हाइडैटिडोसिस, एमपक्स, बिफर, एल्लो फिवर, कमलपित्त ई, चिकुनगुनिया रोगलाई पनि सङ्क्रामक रोगको सूचीमा समावेश गरिएको छ। 

यस्तै, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई पनि  मन्त्रालयले सङ्क्रामक रोगको सूचीमा राखेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप