शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

राजनको गीतमा गरिमा र अस्मिकको रोमान्स

आइतबार, २३ असार २०८१, १२ : ०९
आइतबार, २३ असार २०८१

काठमाडौँ । राजन अधिकारी  र अस्मिता अधिकारीको स्वर रहेको ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावना प्रस्तुत गरिएको छ । 

गीतका शब्द, सङ्गीत राजन स्वयमकै हो भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन् । डान्सिङ नम्बरको गीत लोक–आधुनिक शैलीमा तयार भएको छ । भिडियोमा गरिमा शर्मा र अस्मिक लम्सालको अभिनय छ । 

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाङ्कन, दीपक विष्टले सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप