शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ

आइतबार, २३ असार २०८१, ११ : ५८
आइतबार, २३ असार २०८१

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ परेकी छन् । केहि युवाहरू लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी उनलाई जिल्ला प्रहरी परिसद भक्तपुरको टोलीले पक्राउ गरेको एसपी वेद विष्टले जानकारी दिए ।

मनोज घरमा नभएको समय युवाहरूको ग्रुप लिएर ८५ वर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि उनी पक्राउ परेकी हुन् ।

२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद गरेकी  मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् । तर मिनाले यो पल्ट भने घरमै चाबी लगाउन पुगेकी हुन् । 

गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप