बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण कोरियामा किम्ची खाएर हजार जना बिरामी

आइतबार, २३ असार २०८१, ११ : ५४
आइतबार, २३ असार २०८१

सोल । दक्षिण कोरियामा किम्ची खाएर हजार जना भन्दा धेरै अस्पतालमा भर्ना भएका छन् । नामवन सहरका अधिकारीहरूले बताएअनुसार शुक्रबार बिहान ९९६ जना बिरामी थिए । शनिबार मध्याह्नसम्म यो सङ्ख्या बढेर १ हजार २४ पुगेको थियो । 

विद्यालयको खाजामा किम्ची बाँडिएको थियो । सो किम्ची खाएर २४ विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई बान्ता आउने, पखाला लाग्ने पेट दुख्ने जस्ता समस्या देखिन थाल्यो । 

बुधबार देखि विद्यार्थीहरू बिरामी पर्न थालेका थिए । बुधबार १५३ रहेको यो सङ्ख्या बढेर  बिहीबार ७४५ मा पुगेको थियो । किम्चीमा नोरोभाइरस पाइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप