शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँको नयाँ बजारमा लाखौँको चोरी

आइतबार, २३ असार २०८१, ११ : ५४
आइतबार, २३ असार २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ नयाँ बजारमा शनिबार दिउँसो चोरी भएको छ । त्यहाँ डेरा गरी बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ५१ वर्षीय दावा शेर्पाको कोठामा चोरी भएको हो । 

कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना, नगद  तथा जिन्सी सामानहरू चोरी भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार करिब ११ लाख ६९ हजार ८ सय ८० रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । 

उता सुनसरीको दुहवी नगरपालिका-६ राई टोल बस्ने कलिमुदिन मियाको घरबाट कोही नभएको अवस्थामा चोरी भएको छ । गेटको ताल्चा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप