ललितपुरसहित विभिन्न स्थानमा ९ जना मृत फेला
आइतबार, २३ असार २०८१, ११ : ४९
काठमाडौँ । पछिल्लो २४ घण्टामा ललितपुरसहित देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर महानगरपालिका-११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बागलुङ, गल्कोट नगरपालिका-३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धन बहादुर बोहोरा सोही नगरपालिका-३ स्थित छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- पाल्पा, तानसेन नगरपालिका-५ चिसापानी बस्ने ४२ वर्षीय शेर बहादुर विक सोही ठाउँ स्थित खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, इटहरी उपमहानगरपालिका-१३ बस्ने ५८ वर्षीय चन्द्र कुमार चौधरी सोही ठाउँ स्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र मन्दिर स्थित कोशी नदीको भङ्गालोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- झापा, बिर्तामोड नगरपालिका-१० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु सोही ठाउँ स्थित पैनीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- डोटी, दिपायल सिलगढी नगरपालिका-७ पाकरी बस्ने ४८ वर्षीया चन्द्रा विष्ट सोही ठाउँ स्थित खोलासैन सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- तनहुँ, व्यास नगरपालिका-१३ बेलबास छाब्दी दोभान स्थित सेती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- स्याङ्जा, वालिङ नगरपालिका-१० गाहाखोला स्थित आँधिखोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन