शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

आइतबार, २३ असार २०८१, ११ : ४७
आइतबार, २३ असार २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटतर्फ जाँदै गरेको ग.१ ख ४१५६ नम्बरको बसले च्यापिएर बसमा सवार सोही ठाउँ बस्ने ७२ वर्षीया ललिता थापाको शनिबार मृत्यु भएको छ । बसबाट ओर्लिइ हिँड्ने क्रममा बसको पछाडिको पाङग्राले च्यापिएर गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर स्थित सडकमा ज.८ प ६८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय ईन्द्रहरि पोखरेलको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै हाईबे ट्रमा हस्पिटल चन्द्रनिगाहपुर रौतहटमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी सिराहाको नवराजपुर गाउँपालिका-४ सुनबर्सा चोकमा स.४ प २४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र नवराजपुर हुँदै प्रादेशिक अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै बाराको निजगढ नगरपालिका-११ उन्नासी पुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक प्रसूति गृह अस्पताल निजगढ हुँदै प्रादेशिक अस्पताल कलैयामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

 दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप