शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

एक दशकपछि अभिनयमा फर्किइन् अरुणिमा

आइतबार, २३ असार २०८१, ११ : ३९
आइतबार, २३ असार २०८१

काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अभिनयमा फर्किएकी छन् । उनी ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजबाट एक दशकपछि अभिनयमा फर्किएकी हुन् । 

सिरिजको अहिले अमेरिकाका विभिन्न स्थानमा छायाङ्कन भैरहेको छ । उनी सन् २०१५ देखि अमेरिका रहदै आएकी छिन् । फिल्म ‘पिपल’ अभिनयपछि उनी अमेरिका हराएकी हुन् । 

सिरिजका निर्देशक बिमलेश अधिकारी हुन् । सिरिजमा बिमलेशकै मुख्य भूमिका रहनेछ । बिमलेसले यसअघि ‘ब्रेकफेल’ मा अभिनय गरेका थिए । 

सिचुएशनल कमेडी–ड्रामामा बन्ने सिरिजको सम्पूर्ण छायाङ्कन अमेरिकामै हुनेछ । विवेक चम्लागाईंको लेखन रहेको सिरिजले गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको कथा भन्छ । 

सिरिजमा राधाबाबु लम्साल र खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाको समेत अभिनय रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप