शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा पहिरोले पुरिएका तीनै जनाको शव भेटियो (अपडेट)

आइतबार, २३ असार २०८१, ११ : २८
आइतबार, २३ असार २०८१

तनहुँ। तनहुँमा पहिरोले पुरिएका तीन जनाको शव भेटिएको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा उनीहरू पनि परेका हुन् ।

मृत्यु हुनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी छन् । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका हुन् ।

पहिरोमा ४ जना घाइते भएका छन् । सबैको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप