चिनियाँलाई नेपाली भाषा साहित्य सिकाउँदै प्राध्यापक पोखरेल

चीन । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त भाषाविद् प्राध्यापक डा माधवप्रसाद पोखरेल उत्तर छिमेकी चीनको राजधानी बेइजिङमा चिनियाँ छात्रछात्रालाई नेपाली भाषा, साहित्य र संस्कृति पढाउँछन् ।
विश्वविद्यालयबाट अवकाशपछि पनि तन्नेरी युवाले जस्तै भाषा अध्यापनमा सक्रिय प्राध्यापक पोखरेलले तीन महिनादेखि नेपाली भाषा पढ्ने चिनियाँ विद्यार्थीहरूलाई नेपाली भाषा, नेपालबारे अध्यापन गराउने काममा सक्रिय छन् ।
बेइजिङ विदेशी भाषा विश्वविद्यालयमा नेपाली भाषाका चिनियाँ शिक्षिका इन्दिरा (नेपाली नाम) लाई विद्यावारिधी गराउने सिलसिलामा चीन आएका प्राध्यापक पोखरेलले चीन बसाइको निकै रोचक अनुभव सँगालेका छन् ।
२४ वर्ष अगाडि चीनमा एक वर्ष बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा नेपाली भाषा विज्ञ भएर काम गरेका पोखरेल अहिले फेरि तीन महिनाका लागि भाषा विज्ञकै रूपमा बेइजिङ आएका हुन् ।
त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागबाट विद्यावारिधी गर्दै गरेकी चिनियाँ छात्रा इन्दिराका शोध निर्देशक प्राध्यापक पोखरेलले चीन बस्दा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भएको अनुभव सुनाए ।
नेपाली भाषा अध्ययन गर्ने चिनियाँ छात्रछात्रालाई भाषा–साहित्य सिकाउने र आफ्ना चेली छात्रालाई विद्यावारिधीको निर्देशन गर्ने दुवै काम एक साथ भएको उनले बताए ।
पोखरलले भने, ‘चीनबारे नेपाली बुझाइका बारेमा पनि धेरै अनुभव साटासाट गरियो ।’
चीनमा आफ्नो तीन महिने बसाइमा समय बितेको पत्तै नभएको उनले बताए । आगामी साता नेपाल फर्कने तयारीमा रहेका उनले नेपाली फर्केपछि विभिन्न कार्यक्रममा सहभागी भएर थपडी बजाउँदैमा समय जाने सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु