शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख ४५ हजार नाघ्यो

आइतबार, २३ असार २०८१, १४ : ५४
आइतबार, २३ असार २०८१

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो । 

जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप