शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनमा गहिरियो बिजुली संकट

आइतबार, २३ असार २०८१, १० : २३
आइतबार, २३ असार २०८१

क्रिभ । रुसले युक्रेनको एक बिजुली केन्द्रमा गरेको हमलापछि उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्तीबिहीन भएका छन् । आक्रमणपछि रुसी सीमामा रहेको सो क्षेत्रभर बिजुलीको आपूर्ति ठप्प भएको थियो ।

 बिजुली उत्पादन सुचारु गर्ने काम भइरहेको नेशनल ग्रिड अपरेटर युक्रेनेर्गोले भनेको छ । सो आक्रमणमा कसैलाई घाउचोट लागेको वा निधन भएको खबर आएको छैन । रुसले युक्रेनभरि बिजुली उत्पादन केन्द्रलाई निशाना बनाएर आक्रमण जारी राखेको छ । बिजुली आपूर्ति ठप्प हुँदा उखरमाउलो गर्मीमा पानी, एसी विहीन अवस्थामा मानिसहरू बस्न बाध्य भएका छन् ।

अस्पतालहरूमा बिजुली नहुँदा अपरेसन प्रभावित भइरहेको छ । रुसले थर्मल ऊर्जा केन्द्रमा आक्रमण गर्दा गएको तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट बिजुली उत्पादन क्षमता गुमाएको छ । जल विद्युत् उत्पादन केन्द्रहरूमा पनि ड्रोन र मिसाइलले हमला गर्ने क्रम जारी छ । 

रुसी आक्रमणको असर कम गर्न पोल्याडले उब्रिएको बिजुली युक्रेनतिर पठाइरहेको छ । तर घरेलु स्तरमा भएको बिजुली उत्पादन र आयातित बिजुलीले माग धान्न नसक्दा दिनभर लोडसेडिङ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप