रहेनन् टाइटानिकका निर्माता जोन लान्डाउ
![रहेनन् टाइटानिकका निर्माता जोन लान्डाउ](https://npcdn.ratopati.com/media/news/launda_D5tBgRCor2.webp)
लस एन्जलस । ओस्कार विजेता हलिउड निर्माता जोन लान्डाउको निधन भएको छ । शुक्रबार ६३ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक वर्ष अघि देखि उनी क्यान्सरसँग जुधिरहेका थिए ।
मृत्युको खबरको लान्डाउको आफ्नै बहिनी टिनाले सामाजिक सञ्जालमा पुष्टि गरेकी छिन् । लान्डाउ हलिउडका निर्माताद्वय एली र ईडी लान्डाउका छोरा हुन् । केही समय उनी फिल्म बनाउने कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सको कार्यकारी पनि थिए । फिल्ममेकर जेम्स क्यामरुनसँग मिलेर उनले सन् १९९७ को ब्लकबष्टर फिल्म टाइटानिक बनाएका थिए ।
यो बक्स अफिसमा १ अर्ब डलरको व्यापार गर्ने पहिलो हलिउड फिल्म थियो । सन् २००९ मा आएको अवतार र सन् २०२ मा आएको यसको सिक्वेल अवताः द वे अफ वाटरले टाइटानिकको रेकर्ड तोडेका थिए । ल्यान्डाउनले हनी, आई श्रङ्क द किड्ज लगायत अन्नय हिट फिल्मको पनि सह–निर्माण गरेका थिए । उनको मृत्युको खबर बाहिरिएपछि क्यामरुनले महान निर्माता र महान मानवले आफूहरूलाई सदाका लागि छाडेर गएको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए