शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा बाढीले बगाएर एक जनाको मृत्यु

आइतबार, २३ असार २०८१, १० : ११
आइतबार, २३ असार २०८१

बुटवल। पाल्पामा अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।  जिल्लाको माथा गढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  । 

पाल्पा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार  कामको सिलसिलामा गोठादीको सातपोखरी गएर  फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको  थिइन् । खोजतलास गर्ने क्रममा ५ सय मिटर टाढा मृतअवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप