शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

स्वर्णिम साँझमा गायिका तारा थापाले सुनाइन् चर्चित गीत

आइतबार, २३ असार २०८१, १० : ०८
आइतबार, २३ असार २०८१

काठमाडौँ । गायिका तारा थापाले आफ्नो लोकप्रिय दर्जन भन्दा बढी गीत एकसाथ सुनाएकी छन् । लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ राजधानीमा आयोजित ‘तारा थापा स्वर्णिम साँझ २०८१’मा उनले गीतहरू प्रस्तुत गरेकी हुन् ।

राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा नृत्य शिरोमणि भैरव बहादुर थापा, फाउन्डेसनका अध्यक्ष चन्द्रज्योति आले, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य चेतन सापकोटा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, फाउन्डेसनका संस्थापक अध्यक्ष लंकमान रोका मगर, नेपाल मगर महिला संघको अध्यक्ष हिरु राना मगर, वरिष्ठ संगीतकार सिके रसाइली, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, वरिष्ठ गीतकार विश्व बल्लभ, सुवासचन्द्र ढुंगेल, वरिष्ठ गायक खड्ग गर्बुजा लगायतको सहभागीता थियो ।

कार्यक्रममा गायिका थापाले आफ्नै शब्द, संगीतमा रहेको भागेर कहाँ हो जाने, चाँदनी शाहको शब्द र अम्बर गुरुङको संगीत रहेको मेरो मायाको संसार, मानबहादुर मुखियाको शब्द र गोपाल योन्जनको संगीतमा रहेको किनार भेट्न,  नागेन्द्र थापाको शब्द र गोपाल योन्जनको संगीत रहेको तारी नदेउ माझीदाइ, नारायण कुमार आचार्यको शब्द र दीपक जंगमको संगीत रहेको हजार चोटी, सुरेन्द्र रानाको शब्द र राम थापाको संगीत रहेको सबैले दिने माया, श्रीपुरुष ढकालको शब्द र राम थापाको संगीत रहेको कुन बेला, प्रेमराजा महतको शब्द, संगीत रहेको सान्नानी हाँसन दिल खोलेर, सुबासचन्द्र ढुंगेलको शब्द र राम थापाको संगीत रहेको फूल झरे पनि काँडा झर्दैन, दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू बज्राचार्यको संगीत रहेको सयथरी बाजा एउटै ताल, महेन्द्र गुरुङको संकलनमा रहेको हे साहिँला, गोपाल योन्जनको शब्द संगीतमा रहेको खुट्टामा नेल परे पर्ला र काले पनि देखेँ मैले, छेत्र गुरुङको शब्द र गोपाल योन्जनको संगीतमा रहेको सोध रामलाई गीतहरू प्रस्तुत गरेकी थिइन् ।

गायिका थापालाई सम्मान समेत गरिएको कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष चन्द्रज्योति आलेले फाउन्डेसन सामाजिक सेवामा हिजोदेखि नै सक्रिय रहेको र यसपालि क्यान्सर रोगीहरुको सहयोगार्थ कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अशोक कुमार राईको संगीत संयोजन रहेको कार्यक्रममा शिलाबहादुर मोक्तान (किबोर्ड), मनोहर सुनाम (भ्वाईलिन संयोजक), मोहनकृष्ण कार्की ढली (भ्वाईलिन), रविन कार्की ढली (भ्वाईलिन), किशोर कार्की ढली (भ्वाईलिन), केशव सुनाम (भ्वाईलिन), भरत नेपाली (सारङ्गी), गोपालदेव घतानी (बाँसुरी), धन बहादुर गुरुङ (बाँसुरी),  भरत बुढाथोकी (ताल बादन संयोजक), नरेश प्रजापति (ताल बादन), पोषण घर्ती (ताल बादन), अनिल थापा (ताल बादन), रुपेश सिंह (प्याड ड्रम), देव राई (बेश गिटार), प्रभात लामा (रिदम गितार) रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप