शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

दाङमा  बाढीमा बेपत्ता भएका युवक मृतावस्थामा फेला

आइतबार, २३ असार २०८१, १० : ०२
आइतबार, २३ असार २०८१

बुटवल । दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका १७ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् ।

जिल्लाकाे राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने क्रममा बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव आइतबार बिहान फेला परेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप