शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

विश्वविजेता भारत हार्दा बनेका रेकर्ड, कोहली नजिक पुगे राजा

आइतबार, २३ असार २०८१, ०९ : ५९
आइतबार, २३ असार २०८१

हरारे । विश्वविजेता भारत जिम्बाब्वेसँग स्तब्ध बनेको छ । टी–२० विश्वकप पछिको पहिलो खेलमा नै भारत १३ रनले पराजित भएको हो ।

शनिबार भएको खेलमा जिम्बाब्वेले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याउँदा भारतले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान शुभमन गिलले ३१ रन तथा वासिङ्टन सुन्दरले २७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा थुप्रै रेकर्डहरू बनेका छन् । ती रेकर्डहरूबारे यहाँ चर्चा गरिएको छ ।

384438

  • २ – टी–२० विश्वकप जिते लगत्तै पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हार्ने भारत दोस्रो टोली बनेको छ । यद्यपि, जिम्बाब्वेविरुद्ध उत्रिएको टोली वेस्ट इन्डिजमा विश्वकप जित्ने टोलीभन्दा फरक थियो । यसअघि सन् २०२२ को नोभेम्बरमा टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२३ को मार्चमा बंगलादेशसँगको पहिलो खेलमा पराजित भएको थियो ।
  • ११६ – हरारेमा जिम्बाब्वेविरुद्ध भारतले पछ्याउन नसकेको लक्ष्य । टी–२० अन्तर्राष्ट्रियमा पूरा २० ओभर खेलिएको खेलमा भारतले पछ्याउन नसकेको सबैभन्दा न्यून स्कोर हो । यसअघि सन् २०१६ को टी–२० विश्वकपमा भारतले न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याएको थिएन ।

brian bennet

  • १२ – शनिबारको हारअघि भारतले हासिल गरेको लगातार जितको सङ्ख्या । यो सबै फर्म्याटमा भारतले हासिल गरेको सबैभन्दा लामो जितको शृङ्खला थियो । यसअघि भारतले सन् २०१७ मा यस्तै उपलब्धि हासिल गरेको थियो । भारत पछिल्लोपटक हैदराबाद टेस्टमा इंग्ल्यान्डसँग हारेको थियो । त्यसयता भारतले चार टेस्ट र विश्वकपमा ८ वटा टी–२० खेलहरू जितेको थियो ।
  • १२ – टी–२० अन्तर्राष्ट्रियमा जिम्बाब्वेसँग पराजय बेहोर्नअघि भारत अपराजित रहेको खेलको सङ्ख्या । यसअघि टोली सन् २०२३ को डिसेम्बरमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यो फर्म्याटमा भारतको सबैभन्दा लामो अपराजित यात्राको रेकर्ड बराबरी थियो । सन् २०२१ देखि २०२२ को बिचमा पनि भारत १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको थियो ।

384427

  • १०२ – टी–२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउँदा भारतले बनाएको दोस्रो न्यून स्कोर हो । यसअघि सन् २०१६ को विश्वकपमा न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउँदा भारत ७६ रनमा अल-आउट भएको थियो ।

यसैगरी, जिम्बाब्वेमा आईसीसीको पूर्णकालीन सदस्यले राष्ट्रले बनाएको यो तेस्रो न्यून स्कोर पनि थियो । यसअघि सन् २०१० मा वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ७९ रन र सन् २०२१ मा पाकिस्तानले सबै विकेट गुमाएर ९९ रन बनाएको थियो ।

sikandar raja

  • १५ – सिकन्दर राजाले टी–२० अन्तर्राष्ट्रियमा हासिल गरेको प्लेयर अफ द म्याचको सङ्ख्या । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि खेलाडीले हासिल गरेको दोस्रो धेरै अवार्डको रेकर्डको बराबरी हो । राजासँगै सूर्यकुमार यादवले १५ पटक प्लेयर अफ द म्याचको अवार्ड जितेका छन् । उनीभन्दा अघि विराट कोहली (१६) मात्र रहेका छन् ।
  • ७ – हरारेमा शून्य रनमा आउट भएका ब्याटरहरूको सङ्ख्या । जिम्बाब्वेका ४ र भारतका ३ खेलाडी ‘डक’ भएका थिए । पूर्णकालीन सदस्य राष्ट्रहरू सम्मिलित खेलमा दोस्रो धेरै खेलाडीहरु शून्य रनमा आउट भएका हुन् । यसअघि सन २०१० मा पोर्ट अफ स्पेनमा खेलिएको वेस्ट इन्डिज र जिम्बाब्वेविरुद्धको खेलमा ८ जना खेलाडीहरू शून्य रनमा आउट भएका थिए ।
  • २५ – जिम्बाब्वेको इनिङ्समा क्लाइभ मडान्डे र टेन्डाई चटाराबिच १० औँ विकेटका लागि भएको साझेदारी । मडान्डेले १८ बलको सामना गर्दै सबै २५ रन बनाएका थिए । जबकि चटाराले ९ बलको सामना गर्दै शून्य रन जोडे ।

ईएसपीएन क्रिकइन्फोबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप