शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक

आइतबार, २३ असार २०८१, ०९ : ३५
आइतबार, २३ असार २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडौँमा बसेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बिहान ९ बजे सुरु भएको हो ।

पछिल्लो समय विकास भएको राजनीतिक घटनाको समीक्षा र आगामी योजना निर्माणका विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकले प्रदेश सरकारको नेतृत्व र भूमिकाका बारेमा छलफल तथा निर्णय गर्ने एक सांसदले बताए । 

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत वा मार्ग प्रशस्त गर्ने विषयमा निर्णय गर्ने बताइएको छ ।  मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत फेस नगर्ने पक्षमा छन् । प्रदेशको ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएपछि विश्वास मत लिन मुख्यमन्त्री जम्कट्टेलले इच्छा नदेखिएको बताइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप