कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनल प्रवेश

काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान भएको खेलमा पानामामाथि ५–० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १५औँ मिनेटमा कोलम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो ।
कोलम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरेका थिए । ४१ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रता लियो ।
दोस्रो हाफको ७० औँ मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो ।
अतिरक्त समयको चौथो मिनेटमा कोलम्बियाका लागि मिगुएलब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कन पुग्यो ।
कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेको विजेतासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा