कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह

धनगढी । निरन्तरको वर्षाले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा डुबान हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ ।
कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित सबै सरोकारवालालाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको हो ।
यसैबिच बर्सेनि बाढीको डुबानले ग्रसित कैलालीको भजनी नगरपालिका क्षेत्रमा हुन सक्ने डुबानबाट जोगिन तथा सावधानी अपनाउन स्थानीय स्तरमा पनि सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।
भजनी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले आज बिहानसम्म अवस्था सामान्य रहे पनि नदीमा पानीको सतह बढै गएकोले नगरपालिकास्थित सबै वडाको टोल टोलमा सावधानी अपनाउन सूचना जारी गरिएको बताए । नगर क्षेत्रमा प्रतिकार्यको तयारी पनि गरिएको छ । समयमै नजिकको सुरक्षित स्थान जान पनि अनुरोध गरिएको छ ।
नगरपालिकाले बाढी प्रभावितहरूलाई खाना खुवाउन ठाउँ ठाउँमा मेस सञ्चालनको तयारी गरेको प्रवक्ता चौधरीले बताए । साथै उद्धारको लागि डुङ्गासहित जनशक्तिको पनि व्यवस्थापन गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर