प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आइतबार, २३ असार २०८१, ०६ : ३५
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रगतिशील लेखक सङ्घको वैचारिकी
-
मन्त्री यादवको आग्रहपछि दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी
-
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
-
लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षकमा शक्ति गौचन
-
विपद् जोखिम न्यूनीकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने
-
अमृत के हो, कहाँ र कसरी पाइन्छ ?