पर्वतमा पहिरो खस्दा दुई जना घरभित्रै पुरिए

पर्वत । पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन् । स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उनका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन् ।
स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए ।
पहिरोमा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन् । गोठमा पहिरो आउनसक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे
-
भीरबाट लडेर दुई जनाको मृत्यु
-
टिपरको ठक्करले मृत्यु भएपछि मोरङको सुन्दरहरैँचामा तनाव, डीएसपी घाइते
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस
-
मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू