अवरुद्ध कर्णाली राजमार्गका दुई ठुला पहिरो पन्छाउन बाँकी, यात्रु अलपत्र

सुर्खेत। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई अवरुद्ध कर्णाली राजमार्ग अझै सुचारु हुन सकेको छैन। ठुलो पहिरो पन्छाउन बाँकी रहेकाले शनिबार उक्त काम सम्पन्न बाँकी रहेको हो ।
कर्णाली राजमार्गको कालिकोट सडक खण्डका तीन ठाउँ र दैलेखको दही खोला भन्दा केही माथितिर ठुलो पहिरो गएर सडक अवरुद्ध भएको थियो ।
प्रदेश ट्राफिक कार्यालयका प्रमुख रामप्रकाश साहका अनुसार कालिकोटको हुल्मको बाहेक दुई ठाउँको पहिरो पन्छाउने काम सकिएको छ। यद्यपि हुल्मको पहिरो पन्छाउन काम अझै बाँकी रहेको छ । यस्तै दहिखोलातर्फको पहिरो पनि हटाउने काम बाँकी छ।
त्यहाँ दिउँसो देखिनै हटाउने काम सुरु भएपनि वर्षाका कारण र पहिरो ठुलो भएकाले ढिलाइ भएको हो । ‘आज सकिएन अब भोली बिहानदेखि काम हुन्छ,’ उनले भने। पहिरो पन्छाउन बाँकी रहेकाले सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीदेखि सुर्खेत आउने सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर