शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

शनिबार, २२ असार २०८१, २० : २१
शनिबार, २२ असार २०८१

गलकोट । अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
     
बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  विजय यादवले जानकारी दिए ।

यादवका अनुसार बागलुङ सडक डिभिजन कार्यालयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए । करिडोरको मालढुङ्गा–बेनी–जोमसोम सडक स्तरोन्नति भइरहेको सन्दर्भमा मुस्ताङ जाने पर्यटकले समेत उक्त सडक प्रयोग गर्दै आइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप