सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु
शनिबार, २२ असार २०८१, १९ : ०४

दाङ । दाङमा विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट राप्ती गाउँपालिका– २ नयाँ बस्ती निवासी वर्ष ६८ का डल्ले कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । चार वर्ष पहिले सर्पको टोकाइबाट कुमालको नातिको समेत मृत्यु भएको स्थानीयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो
-
ट्रम्प ट्यारिफका कारण भारतीय लगानीकर्ताले गुमाए केहीबेरमै २०० खर्ब भारु
-
रवि लामिछाने भैरहवा कारागार चलान
-
भृकुटीमण्डप नपाएपछि राप्रपाले बल्खुमा विरोध प्रदर्शन गर्ने