शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

केदारको ‘टाढा टाढा’मा सोफी र प्रभातको अभिनय

शनिबार, २२ असार २०८१

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको गीत ‘टाढा टाढा’ सार्वजनिक भएको छ । अस्ट्रेलियामा बस्दै आएका बरुवालकै शब्द रहेको गीतमा प्रेम पिडा व्यक्त गरिएको छ । 

गीतमा भिडियोमा सोफी धरेल र प्रभात पल ठकुरीको अभिनय छ । भिडियो एक जोडी प्रेमीको ट्राजेडी देखाइएको छ । 

भिडियालाई केशवराज  भट्टले निर्देशन गरेका हुन् । मुस्ताङका रमणीय स्थानमा छायाङ्कन भएको भिडियो उत्सव दाहालको छायाङ्कन र दिप्सन शाहको सम्पादन छ  ।

गायक क्षेत्रीका यसअघि गाजलु, जब तिमी, कति थियो  सपना, एक पल तिमी नहुँदा लगायतका गीतहरू बजारमा आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया