शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
अविरल वर्षा

शनिबारको अविरल वर्षाका कारण ३ को मृत्यु, १४ घरमा क्षति (विवरण)

शनिबार, २२ असार २०८१, १८ : ०८
शनिबार, २२ असार २०८१

काठमाडौँ । शनिबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज वि.क. घाइते भई मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ । 

स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो । 

पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

पर्वतमा पहिरोले २ जना पुरिएका छन् । फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।

यता दोलखाको गौरीशंकर गाउँपालिका ९ मा बाढीले बर्ष ६३ की जाङ्मु शेर्पालाई वेपत्ता बनाएको छ । प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन । सोही स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ ।  

दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीको भनाई छ । 

पाल्पाको रामपुर वडा नम्बर ९ मा पहिरो जाँदा कमल बहादुर साठीघरेको कच्ची गोठमा पहिरो झरेर भैँसीको पाडी, बाख्रा र खसी पुरिएको छ भने गोठ पूर्णरुपमा क्षति भएको छ । 

यस्तै पोखराको सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । 

यता काठमाडौँका बागमती नदी, मनोहरा नदी,  भक्तपुरको हनुमन्ते खोला लगायतका किनाराका बस्तीमा बाढी पस्दा जनजीवन अस्तव्यस्त बनेको थियो । 

यस्तो छ शनिवारको वर्षा, बाढी र पहिरोबाट भएको क्षतिको विवरण :

449456632_1020692022819116_6974785438013181466_n448814798_1039520104193680_7851893387847610639_n449064852_975962997550307_6223880450746980390_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप