तिब्बतका पार्टी सचिव र पूर्वअध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) का पार्टी सचिव वाङ चुनचङबिच शनिबार भेटवार्ता भएको छ ।
चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत पुगेका पूर्वअध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबिच ल्हासामा भएको भेटवार्तामा दुई देशको आपसी हितका सम्बन्धमा महत्त्वपूर्ण कुराकानी भएको हो ।
भेटका अवसरमा अध्यक्ष नेपालको विकासमा चीन सरकारले पुर्याएको सहयोग लागि धन्यवाद दिँदै चीनसँग जोडिएका सीमा-नाका बाह्रै महिना नियमित सञ्चालन गर्न, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासालगायत चीनका विभिन्न सहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन् ।
यसैगरी नेपालबाट हाइलेज (घाँस), राँगा र कुखुराको मासु र जुनारको तिब्बतमा आयात गर्न पनि आग्रह गरे । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नस्ल, बीउ, बिरुवा र प्रविधि उपलब्ध गराउन आग्रह गरे ।
सचिव वाङले नेपालको विकासमा चीन सरकारको निरन्तर निःसर्त सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढवा दिने, सबै सीमा नाकाहरू नियमित सञ्चालन गर्न र पूर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाए ।
साथै उनले चीनको एक चीन नीति प्रति नेपालको समर्थन र नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धताको उच्च प्रशंसा गरे । तिब्बतका पार्टी सचिव वाङले पूर्वअध्यक्ष तिमिल्सिनाको सम्मानमा रात्रिभोजको पनि आयोजना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
-
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे