सहकारीको विषयलाई सामान्य रूपमा नलिनुस्: अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको विषयलाई सामान्य रूपमा लिन नहुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनहरू फेरि रहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए ।
उनले सहकारीमा सीमित व्यक्तिहरूले ठुलो रकम हिनामिना गरेको बताए । उनले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने जिकिर गरे ।
उनले भने, ‘गठबन्धनहरू फेरिरहेका छन् । तर पनि हाम्रो पार्टीले भनेको जस्तो देश महिनामै राष्ट्रिय जनमोर्चाले यो सहकारीको रकम जुन ठुलो मात्रामा हिनामिना भएको छ । लाखौँ नेपालीको बिचल्ली भएको छ । यो चानचुन विषय होइन । जनताले नै दबाब नदिईकन नेपाली जनताले खाइ नखाई जोगाएको पैसा केही सीमित टाठाबाठाहरुले हिनामिना गरेका छन् । म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन । मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो । यो चानचुन विषय होइन । यसमा राजनीतिक दलहरूले पनि दबाब दिनुपर्छ ।’
अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अङ्गीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै