राजनीति सफा नभई मुलुक बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरेका हुन् ।
उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको कारण भएको बताए । राजनीतिक दल र नेताहरूले सहकारीका सञ्चालकहरूलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो । उहाँले राजनीतिक दलहरूले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताए।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । त्यो राजनीति सफा नभईकन अरू समस्या समाधान हुनेवाला छैन । त्यसैले मैले बारम्बार भन्ने गरेको छु–राजनीति सफा नगरीकन यो देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वको साथ आत्मसात् गर्नुपर्ने अहिलेको अवस्था हो । जतिसुकै गरे पनि राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा नै यस्तो समस्या किन आयो ? एउटा त अनुगमन भएन । दोस्रो ती सहकारीका सञ्चालक, मालिकहरू आ–आफ्नो पार्टी र नेताका छन् । तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो । अनि पुलिसहरूलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला । अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ । यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा