शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने

शनिबार, २२ असार २०८१, १६ : ५५
शनिबार, २२ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने भएको छ । दसौँ राष्ट्रिय महाधिवेशनपछि शनिबार बसेको पहिलो बैठकमा कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने निर्णय गरेको हो । 

पहिलो दिनको बैठकमा दसौँ राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गर्दै  महाधिवेशनले सम्पूर्ण  नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ ।  बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ । 

बैठकले अर्को व्यवस्था नहुन्जेलसम्म तत् जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । आइतबार बिहान बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने प्रचार विभाग प्रमुख  खतिवडाको भनाइ छ । 

शुक्रबार सम्पन्न सो पार्टीको महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सम्मानित नेतासहित ९३ जना केन्द्रीय सदस्य छनोट गरेको थियो । बाँकी १८ पदाधिकारीसहित २०६ केन्द्रीय सदस्य छनोट गर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप