मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु
शनिबार, २२ असार २०८१, १६ : ३५
सिराहा । गोलबजार नगरपालिका-५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिक रहेको चापा कलमा जडान गरिएको इलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-४ तेनुवापट्टी बस्ने ४० वर्षीय श्यामसुन्दर यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । खेतमा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म