शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

शनिबार, २२ असार २०८१, १६ : ३१
शनिबार, २२ असार २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ गुण्डी टोल स्थित सडकमा बा.०६ ख २३११ नम्बरको ट्रक अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने ३१ वर्षीय चन्द्रकान्त बैठाको मृत्यु भएको छ । उक्त ट्रकले ना.१ ज २८८५ नम्बरको टाटा सुमोलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी बर्दियाको राजापुर नगरपालिका-१० आनन्दनगर स्थित सडकमा टपराबाट ओरालीतर्फ जाँदै गरेको भे.१२ प ३८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मधुवन नगरपालिका-२ बस्ने ३० वर्षीय राम बहादुर थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

यता सिराहाको बरियारपट्टी गाउँपालिका-३ स्थित सडकमा स.६ प ७१०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै दाङको राप्ती गाउँपालिका-१ गुराँस फार्मेसी नजिक सडकमा रा.१ ख २०६३ नम्बरको मिनी ट्रकले लु.१४ प ४९९९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक दाङ गढवा गाउँपालिका-१ बस्ने ४४ वर्षीय सन्तोष कुमार योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुबाङ प्रस्तावित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप