तनहुँमा पृथ्वी राजमार्गको कल्भर्ट बगायो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
शनिबार, २२ असार २०८१, १६ : ०९
पोखरा । तनहुँमा कल्भर्ट बगाउँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ । बिहानदेखि परेको अविरल वर्षाका कारण तनहुँ म्याग्दे ६ र शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा रहेको कल्भर्ट बगाएको हो ।
कल्भर्ट तत्काल बन्ने अवस्था नभएकोले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सूचना जारी गरेको छ । `पृथ्वी राजमार्ग पूर्णरुपमा अवरोध भएकोले सो राजमार्ग भई आवतजावत गर्ने सवारी साधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिन्छ,´ तनहुँ प्रशासनले भनेको छ । सडक सञ्चालनका लागि प्रयास गरिरहेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल