मधेस प्रदेश सरकार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
शनिबार, २२ असार २०८१, १६ : ०१

वीरगन्ज । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले सदनबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन् ।
प्रदेश सभामा रहेको १०७ सांसदहरूमध्ये ६७ जना सांसदहरूको उनको पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले बताए ।
यसै गरी ३४ जना सांसदले भने उनको विपक्षमा मतदान गरेको प्रदेश सभामुखको कार्यालयले जानकारी दिएको छ । माओवादी र एकीकृत समाजवादीको समर्थनमा बनेको सिंह नेतृत्वको सरकारले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने कांग्रेस, एमाले, जनमत, लोसपाले पक्षमा मतदान गरेको छ ।
योसँगै जसपा नेपालले पनि सरकारको विपक्षमा मतदान गरेको थियो । गत जेठ २५ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा जनमतको तर्फबाट सिंह नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन