यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
काठमाडौँ । आइतबार राष्ट्रियसभाको बैठक डाकिएको छ । बिहान ११ः १५ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भनेर प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथिको दफावार छलफलका लागि प्रस्ताव गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै ‘भन्सार महसुल विधेयक, २०८१’ माथि छलफलपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता तोके भैरहवा र पोखरा विमानस्थल चल्छन् : महानिर्देशक अधिकारी
-
रास्वपाद्वारा अनुशासन आयोगमा दुई र विभागमा तीन सदस्य मनोनयन
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजियो : मन्त्री पाण्डे
-
सरकारी स्वामित्वका व्यावसायिक कम्पनी र व्यवसाय गर्ने संस्थाहरूलाई कर बुझाउन पत्राचार
-
भोलि १ रुपैयाँमै कसरी हेर्ने प्रदीप खड्काको प्रेम गीत–३ ?
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत छैन : योगेश भट्टराई