सानातिना सुधारले मात्रै सहकारीको समस्या समाधान हुन सक्दैन : महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखा परेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् । काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढङ्गले सुधा गर्न जरुरी रहेको बताए । उनले सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने बताए । उनले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे ।
गुरुङले वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरूलाई उत्पादनमुखी बनाउन जरुरी रहेको बताए । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताए ।
‘आज सहकारी प्रणालीमा देखा परेको समस्या, सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज हो । यसलाई रूपान्तरण र सुधार गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढङ्गले सुधार नगर्ने हो भने यो क्षेत्रको सानातिना सुधारले मात्रै सुधार हुन सक्दैन । यो सुधारका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक छ ।’
महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रूपले रूपान्तरण गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने भाटभटेनीका सुरक्षा गार्डलाई सम्मान गरिने
-
वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह
-
जलवायु न्यायबारे राष्ट्रपतिको ध्यानाकर्षण
-
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्
-
युवराजले अस्ट्रेलियामा नचाए दर्शक