शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

यस्ता छन् आइतबार बस्ने प्रतिनिधिसभा बैठकका ४ कार्यसूची

शनिबार, २२ असार २०८१, १४ : ५८
शनिबार, २२ असार २०८१

काठमाडौँ । आइतबार बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ४ कार्यसूची तय गरेको छ ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र मन्त्रालयको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको “विनियोजन विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ । 

यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले “पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०” पेस गर्ने कार्यसूची रहेको छ । 

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९ र २०८०” पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् । 

सभामा शून्य समय, विशेष समयमा बोल्ने लगायतका कार्यसूची भने भोली संसद् बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप