शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रलाई कांग्रेसको जवाफ : संविधान संशोधन अग्रगमनका लागि हुन्छ

शनिबार, २२ असार २०८१, १४ : ५१
शनिबार, २२ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरू खटाएर दुरुपयोग गरिएको बताए । 

उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए । उनले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको समेत बताए ।  संविधानको उचित समीक्षा गरी समसामयिक संशोधन गर्न आवश्यक रहेको बताए । 

मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको बताए । संविधानको समसामयिक संशोधन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले संविधानको समसामयिक संशोधनभन्दा कतिपय कमरेडहरूलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन है । अग्रगमनका लागि गर्ने हो । हामीले संविधानको संशोधन गर्ने भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो । थप व्यवस्थित गर्नका लागि हो ।’ 

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप