मधेश प्रदेश
मधेस प्रदेशसभाको बैठक सुरु, मुख्यमन्त्री सिंहले मागे विश्वासको मत
शनिबार, २२ असार २०८१, १४ : ३९

वीरगन्ज । विश्वासको मत लिन डाकिएको मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । प्रदेशसभाको भवनमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।
प्रदेशसभाको बैठक सुरु भए लगत्तै मुख्यमन्त्री सतिस सिंहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री सिंहले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै सदनबाट आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।
उनले संविधानको धारा १६८ उपधारा (४) बमोजिम सदनमा विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । विश्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री सिंहले सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । ‘बढीभन्दा बढी मत दिएर मप्रति सदनको विश्वास रहेको छ भने तपाईँहरूले पुष्टि गर्नुहोला’ बैठकलाई सम्बोधन गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)