बागमती र कोइली नदीको बाढी ‘डेन्जर’ तहमा, भोलिसम्म सतर्क रहन विभागको आग्रह
_zL80MzasYI.jpg)
काठमाडौँ । गएरातिदेखि देशका विभिन्न भागमा भइरहेको अत्यधिक मनसुनी वर्षाका कारण ठुला तथा सहायक नदी, खोला र खहरेहरूमा बाढीको मात्रा बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार रुपन्देहीको कोइली नदी र काठमाडौँको बागमतीले नदी किनार नाघ्ने गरी भीषण बाढी बढेको छ ।
विभागले यी दुई नदीले खतराको तहभन्दा पनि बढी तह पार गरेको जनाएको छ । कोइली नदीमा बाढीले ५ दशमलव ६५ मिटर पार गरेको छ भने बागमतीले ४ मिटर तह पार गरेको छ । यी नदी आसपासका बस्ती, सडक तथा खेतबारीमा सतर्कता अपनाउन विभागले भनेको छ ।
विभागका हाइड्रो इन्जिनियर सुमित अधिकारीले काठमाडौँ उपत्यकामा रहेका बल्खु, धोवीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते खोलामा बाढीको जल सतह खतराको तहमा रहेको जानकारी दिएका छन् ।
यस्तै गण्डकी प्रदेशको लमजुङ लगायतका जिल्लाहरूमा साना तथा सहायक खोलाहरूमा बाढीको मात्रा बढिरहेको, लुम्बिनी प्रदेशका जिल्लाहरूमा पनि भारी वर्षा भएकोले ठुला तथा साना नदीहरूमा बाढी बढिरहेकोले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
भोलीसम्म वर्षा जारी रहने सम्भावना रहेकोले यी क्षेत्रहरूमा सतर्कता अपनाउन अधिकारीले आग्रह गरे । यस्तै नारायणी नदी, मेलम्ची नदीमा पनि बाढीको अवस्था खतराको तहमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान