शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका विभिन्न राजमार्ग अवरुद्ध

शनिबार, २२ असार २०८१, १३ : २९
शनिबार, २२ असार २०८१

सुर्खेत । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । 

त्यसैले कर्णालीका सबै जिल्लाहरूमा झरी परिरहेको छ । प्रदेश प्रहरीका डीआईजी अर्जुनचन्द ठकुरीका अनुसार अविरल वर्षा कारण विभिन्न सडकहरु अवरुद्ध भएका छन् । 

झरीका कारण कर्णाली राजमार्गको कालिकोटको पिली, हुल्म, डोल्पा सडकको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा सडक अवरुद्ध भएको ठकुरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप