शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँका नदीहरूमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

शनिबार, २२ असार २०८१, १३ : ०४
शनिबार, २२ असार २०८१

काठमाडौँ । शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरूमा पानीको बहाव उच्च भएको छ । सडकहरूमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनाराहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरू डुबानमा परेका छन् । 

पानी नियमित परिरहेकोले नदीहरूमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नदी किनारामा रहेका व्यक्तिहरूलाई सतर्क रहन आग्रह गर्दै गरेका छन् । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २१ गतेदेखि २४ गतेसम्मको मौसम पूर्वानुमान गर्दै देशभर साधरणतया र पूर्णतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपद् परेमा हटलाइन १६६००१०५५११, ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्ने अनुरोध  गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप