शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
बजार

याे साता प्रतितोला २६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शनिबार, २२ असार २०८१, १२ : ४२
शनिबार, २२ असार २०८१

काठमाडौँ । यो साता सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म तोलामा २ हजार ६०० रुपैयाँको वृद्धि भएको हो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ कायम छ । यस्तै यो साता चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ ।

गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ९० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ८० रुपैयाँले बढेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप