बाढीका कारण देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन रोकियो
_DbtqqSyPUF.jpg)
काठमाडौँ । शुक्रबादेखि सुरु भएको वर्षाका कारण आएको बाढीले देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार देशभर साढे ६०० मेगावाट क्षमताका आयोजनाको उत्पादन ठप्प भएको हो ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन पनि ठप्प भएको छ । यो देशको सबैभन्दा ठूलो क्षमताको आयोजना हो । योसहित नेपाल विद्युत प्राधिकरण र सहायक कम्पनीको कूल ५२६ मेगावाट क्षमताको उत्पादन रोकिएको हो ।
यसबाहेक निजी क्षेत्रका उत्पादकहरुले उत्पादन गरेको बिजुलीको उत्पादन समेत रोकिएको छ । बलेफी, मोदी, मध्य मोदी लगायतका आयोजनाको उत्पादन रोकिएको छ । यस्तै लिखु, मध्य तमोर, सोलु दुधकोसी, सोलु दुधकोसी लगायतका आयोजनाको उत्पादन समेत रोकिएको बताइएको छ ।
यसबाहेक देवीघाट र चमलेलिया आयोजनाको उत्पादन समेत रोकिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो